काठमाडौं — साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो ।

आज छापावाल सुन तोलाको १ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १ हजार २ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।