काठमाडौं – प्रभु लाइफइन्स्योरेन्स लिमिटेडले बीमित परिवारलाई दाबी भुक्तानी गरेको छ । २०७८ पौष २८ गते प्रभु लाइफमारु. २० लाखबीमाङ्क रकमको जीवनबीमा गरेका गणेश विश्वकर्माको यहीअसोज २८ गते मृत्यु भएको थियो ।

पहिलो प्रीमियम स्वरुप रु. एक लाख ३६ हजार ६५४ रकम मात्र बीमा शुल्क बुझाएका उनले दोस्रो किस्ता रकम (बीमा शुल्क) बुझाउने समय अगावै मृत्यु भएको थियो । प्रभु लाइफले बीमित स्वर्गिय गणेश विश्वकर्माका श्रीमती सन्तमाया मगर र निजकाबुबाधनबहादुर मगरलाई धरानशाखा कार्यालयमा एक कार्यक्रमकाबीच रु. २० लाखको चेक हस्तान्तरण गरेको थियो ।

प्रभु लाइफकाप्रदेश एक प्रमुख पुष्कर भट्टराई र धरान शाखाप्रमुख सन्तोष राईले संयुक्त रुपमा परिवारलाई सो चेक हस्तान्तरण गरेका थिए । प्रभु लाइफकाप्रदेश १ प्रमुखपुष्कर भट्टराईले जीवनबीमालाई विश्वासनीय बनाउन दाबी भुक्तानीलाई सरल, सहज र चुस्तरुपमागरिने कम्पनीको नीति रहेको प्रष्टपारे ।

जीवनबीमाले बीमित परिवारलाई यस किसिमका अकल्पनिय घटनाबाट आइपर्ने आर्थिक जोखिमबहनगर्ने बताए । जसले बीमित परिवारलाई आफ्नो जीवनयापनमा केहीमात्रामा सहजताआउने विश्वास लिएका छौं, प्रभु लाइफकाप्रदेश १ प्रमुखपुष्कर भट्टराईले बताए । दाबीभुक्तानीकार्यक्रममा धरानशाखामाकार्यरत सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर, अभिकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो ।