फाइल तस्वीर

किभ — युक्रेनी अधिकारीहरूले नयाँ वर्षको पूर्वसन्ध्यामा रुसले किभमा दर्जनौं मिसाइलहरू प्रहार गरेको बताएका छन् । आक्रमणमा एक जनाको मृत्यु पनि भएको छ । युक्रेनको राजधानी किभका मेयर भिटाली क्लिस्कोले शनिबार सहरमा धेरै विष्फोट भएको बताएका छन् । रुसको दुई दिन अघिमात्र यस युद्धकै ठूलो हवाई हमला गरेको हो।

दुई दिनअघि भएको हवाई हमलालाई यो युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमणको रूपमा वर्णन गरिएको थियो। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले युक्रेनीहरूलाई नयाँ वर्ष मनाउनबाट रोक्न रुसले थप आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् ।

माइकोलाइभका गभर्नर भिटाली किमले फेसबुकमा रुसको मिसाइल आक्रमणको पुष्टि गरेका छन्। उनले आक्रमणकारीहरूले नयाँ वर्षको उत्सव बिगार्ने निर्णय गरेको बताए । बीबीसी