काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेसँगै सेयर बजारले कोल्टे फेरेको छ । यो साता सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से सूचक १६१ अङ्कले बडेर २०२९ विन्दुमा पुगेको छ । आज १० अर्ब ८३ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार यससाता नेप्से सूचक १६१ अङ्कले बढ्दै जुन विन्दु तीन महिनापछिकै उच्च हो । गत अगष्ट २६, २०२२ मा २०२२ अङ्कमा रहेको नेप्से सूचक त्यसयता निरन्तर घट्दै १८३७ अङ्कसम्म झरेको थियो । यद्यपि, पछिल्लो साता सेयर बजारमा आक्रामक वृद्धि हुँदै एक किसिमको क्रान्ति नै हुन पुगेको छ ।

अघिल्लो हप्ताको बिहीबार अर्थात् डिसेम्बर २२ मा ० दशमलव ०११९ अङ्कले घट्दै १८६७ दशमलव २३ विन्दुमा अडिएको नेप्से सूचक डिसेम्बर २९ सम्मा १६१ अङ्कले बढ्दै २०२९ दशमलव ०३ विन्दुमा पुगेको छ । यस साताको बुधबार ११ दशमलव ८०६३ अङ्कले बाहेक अन्य तीन दिन नै नेप्से सूचक उच्च अङ्कले वृद्धि भएको छ ।