फाइल तस्वीर


विराटनगर — नेपाली काङ्ग्रेसको एक नम्बर प्रदेशको प्रदेशसभा संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित हुनुभएको छ । नेपाली काङ्ग्रेस पार्टीको एक नम्बर प्रदेशको पार्टी सभापति समेत रहनु भएका थापा संसदीय दलको नेतामा निर्वाचित हुनुभएको हो ।

आज बिहान भएको काङ्ग्रेस संसदीय दलको निर्वाचनमा थापाले १८ मत ल्याई विजयी भएको हो । प्रदेश संसदीय दलको नेताका लागि तीन जना आकांक्षी रहनुभएको थियो जसमा थापा निर्वाचित हुनुभएको हो । थापाका निकटतम प्रतिस्पर्धी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहनुभएका केदार कार्कीले नौ र पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका अमृत अर्यालको पक्षमा जम्मा दुई मत परेको थियो । एक नम्बर प्रदेशको प्रदेशसभामा नेपाली काङ्ग्रेस पार्टीका २९ जना प्रदेशसभा सदस्य रहनुभएको छ ।