काठमाडौं – नेपाली काङ्ग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णप्रसाद यादव निर्वाचित हुनुभएको छ । आज बिहीबार भएको निर्वाचनबाट यादव संसदीय दलको नेतामा निर्वाचित हुनुभएको हो । दलको नेतामा निर्वाचित कृष्ण यादवले १८ मत प्राप्त गर्दा संस्थापन इतर समूहबाट उम्मेदवार बनेका रामसरोज यादवले ४ मत प्राप्त गर्नुभएको छ ।

संसदीय दलको नेतामा निर्वाचित यादव काङ्ग्रेस मधेस प्रदेशका सभापति पनि हुनुहुन्छ । काङ्ग्रेस मधेस प्रदेश सभापतिको निर्वाचनमा पनि यादवले संस्थापन इतरसमूहबाट उम्मेदवारी दिनुभएका रामसरोजलाई पराजित गर्नुभएको थियो ।