काठमाडौं – साताको अन्तिम दिन आज बिहीवार शेयर बजार मापक नेप्से परिसूचक ५६ दशमलव ८८ अङ्कले बढेको छ । नयाँ सरकार बनेदेखि सकारात्मक देखिएको शेयर बजार आज बिहीवार २ दशमलव ८८ प्रतिशतले बढेर २०२ दशमलव ०३ अङ्कमा पुगेर रोकिएको छ ।

शेयर बजारमा सूचीकृत कम्पनीहरूको शेयर कारोबार बढेसँगै आज बिहीवार ८ लाख २४ हजार कित्ता ५२९ कित्ता शेयरको कारोबार भएको छ । यसबाट एकैदिन २ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको छ । आज भएको कारोबारमा हिमालयन ऊर्जा विकास कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको शेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

यी कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर बन्द भएको छ । यीबाहेक आज अघिकांश कम्पनीको शेयर मूल्य बढ्दा १० वटा कम्पनीको भने ९ प्रतिशतभन्दा बढीले शेयर मूल्य बढेको छ । बजार भारी अङ्कले बढेको कारण जम्मा १७ वटा कम्पनीले मात्रै ३ दशमलव ९५ प्रतिशतसम्मले गुमाएका छन् । बजार बढ्दा सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरी लिमिटेडको भएको छ । यसको आज १२ करोड रुपैयाँको कारोबार भएको छ ।