काठमाडौं – नेपालमा कोरोना भाइसको सङ्क्रमणदर फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ सय ५८ जनाको नमुना परीक्षणमध्ये ३ सय १९ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

हाल देशभर २७ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।