कास्की – गण्डकी प्रदेशसभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । पोखरा नदीपुरस्थित प्रदेशसभामा ५९ जना सांसदले बिहीबार शपथ लिएका हुन् । तीन जना सांसदले आफ्नो जातीय भाषामा शपथ लिएको संसद सचिवालयले जनाएको छ ।

ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूले शपथ गराउनुभएको हो । बस्यालले बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिनुभएको थियो । प्रदेशमा काङ्ग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् ।

प्रदेशसभाको पहिलो बैठक पुस १८ गते ३ बजे बस्ने बताइएको छ ।