फाइल तस्वीर


सुर्खेत– नेपाल कम्युनिस्ट पार्टी (एमाले) को कर्णाली प्रदेशसभा दलको नेतामा यामलाल कँडेल चयन हुनुभएको छ । एमाले कर्णाली प्रदेश समितिको आज बसेको बैठकले कँडेललाई सर्वसम्मतरूपमा दलको नेतामा चयन गरेको हो ।

सुर्खेत क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कँडेलसँगै दैलेख क्षेत्र २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य एवम् एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले पनि संसदीय दलको नेताको चाहना राख्नु भएको थियो ।

एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा आफूले दावी छोडेपछि कँडेल सर्वसम्मत दलको नेता चुनिनु भएको अध्यक्ष शाहले जानकारी दिनु भएको छ । एमालेको स्थायी कमिटी सदस्य र कर्णाली प्रदेश इञ्चार्ज समेत रहनु भएका कँडेल कर्णाली प्रदेशसभा संसदीय दलको नेता बन्नुभएको छ । नेता कँडेल वि.सं. २०७४ को निर्वाचनमा पनि कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ त्यसबेला पनि मुख्यमन्त्रीको दावेदारका रुपमा देखिनु भएको थियो ।