गण्डकी — गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुख पृथ्वीमान् गुरुङबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्ररदेश प्रमुखको सरकारी निवासमा आज आयोजित समारोहमा उहाँले शपथ लिनुभएको हो ।
बस्याल पर्वतको प्रदेशसभा९ख० बाट नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँको जन्म विसं २०१४ भदौ ५ गते पर्वतमा भएको हो । संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यलाई र ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ । ज्येष्ठ सदस्य बस्यालले बिहीबार अन्य सदस्यलाई शपथ गराउने कार्यक्रम छ ।
शपथ ग्रहण समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मन्त्री, नवनिर्वाचित प्रदेशसभा सदस्य, सरकारी उच्चपदस्थ अधिकारी र सञ्चारकर्मीको उपस्थिति थियो । रासस