काठमाडौं – साताको चौथो दिन आज नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ एक लाख ७ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

यसैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ सय रुपैयाँ कायम भएको छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य पनि अघिल्लो कारोबार मूल्यका तुलनामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।