काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँ कायम भएको छ । हिजो आइतबार पनि सोही मूल्यमा सुनचाँदीको कारोबार भएको थियो । त्यसैगरी आज चाँदीको मूल्य तोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको महासङ्घले जनाएको छ ।