फाइल तस्वीर
पोखरा – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हाम्रा विविध चाडपर्वले राष्ट्रिय एकता कायम गर्न योगदान दिने बताउनुभएको छ । इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतायुक्त रहेको उल्लेख गर्नुभएको हो ।
हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भ उल्लेख गर्दै उहाँले यस्ता धार्मिक उत्सव एवं चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा विश्रका इसाई धर्मका अनुयायीहरूले हरेक वर्षको डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउने गरिएको सन्देशमा भनिएको छ । उहाँले यस पर्वले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा गर्नुभएको छ ।