फाइल तस्वीर

काठमाडौं – त्रिभुवन विमानस्थलबाट आज शुक्रबार १९ किलो ८ सय ग्राम सुन प्रहरीले बरामद गरेको छ । हिजो बिहीबार दुबईबाट काठमाडौँ आएको फ्लाई दुबई एयसलाइन्सबाट सुडानका नागरिक मोहमत अहमेद डीफल्ला शेराफेल्डीनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सारले जाँच गर्ने क्रममा सुनसहित पक्राउ गरेको त्रिभुवन विमानस्थल भन्सार कार्यलयले जनाएको छ ।

महोमद अहमेदले कम्मरको छेउमा प्लास्टिकमा प्याक गरि ल्याएको सेमी लिक्वीड सुन जस्तो देखिने पहेँलो धातु कार्यालयले प्रहरीको सहयोगमा भर्खरै नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । थप अनुसन्धानका लागि पक्राउ गरिएको सुन त्रिअवि भन्सार कार्यालयमा राखिएको ।