काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनचाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्रघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर आज प्रतितोला रु १ लाख ३ सय रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८ सइ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार चाँदीको मूल्य पनि तोलामा रु १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँ कायम भएको छ ।