काठमाडौं – लिभरपुललाई ३–२ ले हराउँदै म्यानचेस्टर सिटी काराबाओ कपको क्वार्टरफाइलनमा प्रवेश गरेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई म्यानचेस्टर सिटी काराबाओ कपको क्वार्टरफाइलनमा प्रवेश गरेको हो ।

कतार विश्वकपपछि पहिलो खेल इतिहाद मैदानमा खेल्दा खेलमा निकै प्रतिस्पर्धा बनेको थियो । घरेलु मैदानमा रोमाञ्चक जित निकाल्ने क्रममा सिटीको लागि एर्लिङ हल्यान्ड, रियाद महारेज र नाथन एकेले एक–एक गोल गरे ।

लिभरपुलका लागि फावियो कार्भाल्हो र मोहम्मद सलाहले एक–एक गोल गरेपनि टोलीको हार टार्न सकेनन् । आगामी बुधबार सिटीले प्रिमियर लिगमा शीर्षस्थानको आर्सनलसँग खेल्दा बक्सिङ डेमा लिभरपुलले एस्टन भिल्लाको सामना गर्नेछ ।