फाइल तस्वीर


ढाका— बङ्गलादेशको ढाकामा जारी भलिबल च्याम्पियनसिप प्रतियोगितामा नेपाली यु–२३ भलिबल टोली पहिलो खेलमा पराजित भएको छ । आयोजक राष्ट्र बङ्गलादेशकसँग सोझो सेटमा पराजित भएको हो ।

चार देश सम्मिलित प्रतियोगितामा नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा पराजित हुँदा पहिलो सेट २६–२४ मा, दोस्रो सेट २५–२२ मा र अन्तिम सेट २५–२१ मा गुमाएको थियो ।

आज बिहीबारदेखि सुरु भएको च्याम्पियनसिप ११ सम्म चल्नेछ । च्याम्पियनसिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार देशका टिमको सहभागिता रहेको छ ।

नेपालले भोलि ८ गते शुक्रबार आफ्नो दोस्रो खेल चिरपरिचित प्रतिद्वन्द्वी श्रीलङ्कासँग खेल्ने छ भने तेस्रो तथा लिग चरणको अन्तिम खेल पुष ९ गते शनिबार किर्गिस्तानसँग खेल्ने छ ।