काठमाडौं – नेपाल इन्भेष्टमेण्ट बैंकले शेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ । बैंकको आज सम्पन्न ३६औँ वार्षिक साधारणसभाले चार प्रतिशत बोनस शेयर र सात प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको हो ।
साधारणसभाले मेगा बैंकसँग मर्जरमा जाने निर्णय पनि पारित गरेको छ । दुवै बैंक छिट्टै मर्जर प्रक्रिया सम्पन्न गरी संयुक्त कारोबार गर्ने प्रक्रियामा छन् । बैंकले गत आवमा बैंकले रु छ अर्ब २८ करोड सञ्चालन मुनाफा तथा रु तीन अर्ब ७९ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकको चुक्ता पूँजी रु १९ अर्ब तीन करोड पुगेको छ ।
बैंकले अघिल्लो वर्ष एक सय ७९ अर्ब ४० करोड निक्षेप सङ्कलन गरेकोमा गत वर्ष एक सय ८६ अर्ब ७६ करोड सङ्कलन गरेको छ । साथै बैंकको कर्जा प्रवाह अघिल्लो वर्ष रु एक सय ६१ अर्ब ९१ करोड रहेकोमा गत आवमा रु एक ६४ अर्ब ८२ करोड पुगेको छ ।