काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय कम्पनीहरुलाई २० अर्ब रुपैयाँ तरलता सुविधा प्रदान गर्ने भएको छ । केन्द्रीय बैंकले आज बिहीबार १४ दिनका लागि रिपोमार्फत २० अर्ब रूपैयाँ सापटी दिने भएको हो ।

बैंकले आज जारी गर्ने रिपो आगामी पुस २१ गते परिपक्क हुनेछ । इच्छुक वाणिज्य बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्त कम्पनीहरूले आज बिहीबार दिउँसो २ बजेसम्म रिपोका लागि आवेदन दिन सक्नेछन् ।