साङ्केतिक तस्वीर


स्याङ्जा — स्याङ्जा जिल्लाको फेदिखोला गाउँपालिका ४ सर्केटारीमा एक जना मजदुरको मृत्यु भएको छ । त्यहाँ निर्माण भैरहेको अस्पतालमा काम गर्ने मजदुर ४८ वर्षीय लालबहादुर कुमालको दुई तलामाथिबाट खसेर मृत्यु भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु भएका ४८ वर्षीय ति मजदुरको घर दाङ र उनी सोही अस्पतालमा मजदुरी गर्दै आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
कुमालको निर्माणाधिन सोही अस्पतालको दुई तलामाथिबाट काम गर्दैगर्दा खसेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएको कुमालको उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा लगिएको थियो ।
उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।