काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएको हो ।

आज बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रूपैयाँ कायम भएको छ ।

हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ सय रूपैयाँ कायम रहेको थियो । त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले बढेर १ हजार ४ सय ५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।