फाइल तस्वीर


वासिङ्टन— अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । अमेरिकी भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी समकक्षीबीच ह्वाइट हायसमा भेटवार्ता भएको हो ।

दुवै देशका समकक्षीबीच युक्रेनमाथि रुसी आक्रमण र त्यसपछिका घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ । सो अवसरमा युक्रेनका राष्ट्रपतिले रुससँग ‘केबल शान्ति’ भनेको र आफ्नो देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता नभएको बताएका छन् ।

अमेरिका भ्रमणका क्रममा राष्ट्रपति जो बाइडेनसँग ह्वाइट हाउसको पत्रकार सम्मेलनमा देखिएका जेलेन्स्कीले यस्तो धाराणा राखेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उद्धृत गरेकाछन् । ‘मलाई थाहा छैन शान्ति भनेको के हो’, उनले हजारौंको ज्यान लिने, लाखौंलाई विस्थापित गर्ने र सहरहरू ध्वस्त पारेको द्वन्द्व अन्त्य गर्ने उचित उपाय के हो भन्ने प्रश्नको जवाफमा भने, ‘यो एकदमै दार्शनिक वर्णन हो । त्यहाँ न्यायसङ्गत युद्ध भएको छैन’ – युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइ थियो ।

ह्वाइटहाउसमा पत्रकारसामु अमेरिकी राष्ट्रपति जो बाइडेनले यो युद्धमा युक्रेनका राष्ट्रपति जेलेन्स्की एक्लो नभएको बताएका थिए । बाइडेनले सम्बोधनका क्रममा जेलेन्स्कीप्रति लक्षित गर्दै ‘तपाई कहिल्यै एक्लै खडा हुनुहुने छैन’ भन्दै उनलाई ढाडस समेत दिएका थिए । उनले युक्रेनलाई नयाँ मिसाइल प्रतिरक्षा प्रणालीसहित दीर्घकालीन अमेरिकी समर्थन गर्ने वाचासमेत दोहोर्याएका छन् ।