फाइल तस्वीर


टोकियो– पछिल्लो समय जापानमा कोरोना भाइरसको सङ्क्रमण बढेको छ । त्यहाँ कोरोना भाइरसको सङ्क्रमण यतिबेला आठौं लहर चलिरहेको समाचारमा जनाइएको छ ।

सङ्क्रमणको पछिल्लो चरणमा देशभर दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले बताएका छन् । समाचारमा जनाइए अनुसार गत अगस्ट २५ तारिख यता पहिलोपटक देशमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई नाघेको छ ।


राजधानी टोकियोमा मात्रै कोरोना भाइरसबाट सङ्क्रमित भएका २१ हजार एक सय ८६ जना नयाँ बिरामी भेटिएका छन् । गत साताको तुलनामा हिजो बुधबारमात्रै राजधानी टोकियोमा मात्रै दुई हजार तीन सय ७४ जना नयाँ सङ्क्रमित फेला परेको समाचारमा उल्लेख छ ।

टोकियोमा कोरोना भाइरसकाका बिरामीहरु निरन्तर बढेका छन् । जापानकै ओसाका, साइता, कावानागा, होन्सुलगायत प्रमुख शहरहरुमा समेत कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ भने सङ्क्रमित भएकाहरु मध्ये हिजोमात्र भएको जनाइएको छ ।