काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।