काठमाडौं – ट्वीटरका नयाँ सीईओ एलोन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिन लागेको बताएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘यस कामका लागि मूर्ख भेट्ने बित्तिकै म सीईओ पदबाट राजीनामा दिनेछु । त्यसपछि म सफ्टवेयर र सर्भर टोलीसँग मात्र काम गर्नेछु ।
एलोन मस्कले आफैले गरेको ट्विटर सर्वेक्षणको विश्वसनियतामा शंका गरेका छन् । सर्वेक्षणमा बहुमतले उनले कम्पनीको सीईओको पद छोड्नुपर्ने बताएका थिए । अक्टोबर २७ मा प्लेटफर्मको मालिक बनेका मस्कले पहिले चुनावको नतिजाको पालना गर्ने बताएका थिए । तर ट्विटको एक श्रृंखलामा अर्बपतिले भोट बटद्वारा धाँधली भएको हुन सक्ने आशंका गरेका छन् ।

मस्कले ब्लु टिक प्रमाणीकरणका लागि शुल्क लिनेदेखि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलगायत धेरै विवादास्पद व्यक्तित्व र संगठनहरूमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरेका छन् । यसैबीच, पोलिंग कम्पनी ह्यारिसएक्सले मंगलबार ट्वीटर प्रयोगकर्ताहरूको आफ्नै सर्वेक्षण ट्वीट ग्यो, जसमा ६१ प्रतिशत उत्तरदाताहरूले मस्कलाई सीईओको रूपमा रहन मतदान गरे । उनले गरेको भोटिङ पोलमा ५७.५ प्रतिशतले सीईओ छाड्ने पक्षमा र ४२.५ प्रतिशतले विपक्षमा मतदान गरेका थिए ।