पत्रपत्रिकाबाट

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई भौतिक दुरी कायम गरी पद तथा गोपनीयताको शपथ गराइने भएको छ । नवनिर्वाचित सांसदलाई नयाँबानेश्वरस्थित संसद् भवनमा भौतिक दुरी कायम गरेर बिहीबार शपथ गराउने तयारी संसद् सचिवालयले गरेको छ ।

कोरोना महामारीमा भौतिक दुरी कायम गरी संसद् बैठक सञ्चालन गरिएको थियो । अहिले कोरोना संक्रमणदर न्यून छ। तापनि सम्भावित संक्रमणबाट जोगिन सदनमा सांसदको शपथ तथा बैठक सञ्चालन गर्दा भौतिक दुरी कायम गरिने भएको हो।

शपथमा ठूला दल प्रत्येकलाई एउटा ुरोु उपलब्ध गराइनेछ । त्यस्तै साना दलको हकमा एउटा से विभाजन गरी कम्तीमा दुइटा दलका लागि उपलब्ध गराउने तयारी भएको संसद् सचिवालयले जनाएको छ । (आजको नागरिक दैनिकबाट)