फाइल तस्वीर
काठमाडौं – हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई यस वर्ष १९ दशमलव ११ प्रतिशत लाभांश प्रदान गर्ने भएको छ । बैंकको यही पुस ५ गते बसेको सञ्चालक समितिको ४२७औँ बैठकले बैंकको आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई उक्त लाभांश बाँड्ने निर्णय गरेको हो ।

यसअनुसार चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र ११ दशमलव ११ प्रतिशत नगद लाभांश (करसहित) बाँड्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाले स्वीकृत गरेपश्चात् मात्र वितरण गरिने बैंकले जनाएको छ ।