काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरको प्रयोगशालामा गरिएको नमुना परीक्षण्मा ७ सय १२ जनाको पीसीआर विधिबाट तथा ६ सय ९९ जनाको एन्टिजेन विधिबाट परीक्षण भएकोमा ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । सोही अवधिमा २ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर १६ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।