काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युद्ध, राजनीति र खेल उस्तै प्रकृतिका क्षेत्र भएको बताउनुभएको छ । उहाँले गएराति विश्वकप फुटबलको फाइनल खेल हेरेको फोटोसहित ट्वीट गर्दै युद्ध, राजनीति र खेललाई अनिश्चय र रोमाञ्चको क्षेत्र भन्नुभएको हो ।


नेता भट्टराईले ‘युद्ध, राजनीति र खेल उस्तै अनिश्चय र रोमाञ्चक क्षेत्र हुन् भन्ने विश्वकप फुटबलको फाइनलले पुनर्पुष्टि ग¥यो सामाजिक सञ्जालमा ट्वीट गर्दै ‘अन्तिम सेकेण्डसम्म सास रोक्नुपर्यो ! अन्ततःखेलले जित्यो !’ भनि लेख्नुभएको छ ।

उहाँले मेस्सी र फ्रान्सेली स्ट्राइकर एमबाप्पेको प्रशंसा गर्नु भएको छ । अर्जेन्टिनालाई उपाधि जिताएको भन्दै उनीहरुको प्रशंसा गर्नु भएका नेता भट्टराई गोल्डेन बल समेत जितेका मेस्सी र गोल्डेन बुट जितेका फ्रान्सेली स्ट्राइकर एमबाप्पेको समेत तारिफ गर्नुभएको छ ।