एजेन्सी – उत्तर कोरियाले दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । सीउलको सेनालेजनाए अनुसार प्योङयाङले नयाँ हतियार प्रणालीको लागि मोटरको सफल परीक्षण घोषणा गरेको केही दिनपछि उत्तर कोरियाले हिजो आइतवार व्यालिस्टिक मिसाइल प्रहार गरेको हो ।

यस वर्ष कोरियाली प्रायद्वीपमा सैन्य तनाव तीव्र रूपमा बढेको छ किनकि प्योङयाङले गत महिना अहिलेसम्मको सबैभन्दा उन्नत अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको प्रक्षेपणसहित हतियार परीक्षणहरूको अभूतपूर्व निशाना बनाएको छ ।

दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले उत्तरी प्योङगान प्रान्तको टोङ्चाङ–री क्षेत्रबाट प्रहार गरिएका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र पत्ता लगाएको बताए । मिसाइल स्थानीय समयअनुसार आइतबार बिहान ११ बजेर १३ मिनेट देखि १२ बजेर ५ मिनेटसम्म पूर्वी सागरमा प्रहार गरिएको जनाइएको छ ।