दोहा— कतारमा जारी विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाले डिफेन्डिन च्याम्पियन फ्रान्सलाई हराउँदै तेश्रोपटक विश्वकपको उपाधि चुमेको छ । पहिलो हाफमा २–० गोलले फ्रान्सलाई पछि पार्न अर्जेन्टिनाका लागि कप्तान लियोनेल मेसी र फर्वाड एञ्जल डि मारियाले गोल गरेका थिए ।

फ्रान्सका उस्मान डेम्बेलेले एञ्जल डि मारियालाई ‘डि’ बक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई लियोनेल मेसीले सहजै गोलमा परिणत गर्दै २३ औं मिनेटमा अग्रता दिलाएका थिए। अर्जेन्टिनाको अग्रता दोब्बर बनाउने क्रममा डि मारियाले ३६ औं मिनेटमा म्याक एलेस्टरको क्रसलाई सदुपयोग गरेका थिए ।

मध्यान्तर पछिको खेलमा फ्रान्स खेलमा फर्कदै ८० औं र ८१ औ मिनेटमा एम्बाप्पेले लगातार दुई गोल गर्दै बराबरीमा पुर्याएका थिए । अन्तिम १० मिनेटको समयमा सम्हालिन नसक्दा खेल अतिरिक्त समयमा धेकिएको थियो । साविक च्याम्पियन फ्रान्सविरुद्ध मध्यान्तर अघिको खेलमा हावी देखिएको अर्जेन्टिना मध्यान्तर पछिको खेलमा केही फितलो हुँदा फ्रान्सले त्यसको फाइदा उठाउन सफल भएको थियो ।
फ्रान्सले लगातार दोस्रो पटक विश्वकप जित्दा विश्वकपको ट्रफी तीन पटक चुम्न असफल पनि भयो ।

विश्वकप फुटबलको फाइनलमा गोल गरेसँगै लियोनेल मेसीले गोल्डेन बुटको दाबेदारीमा समेत धमिरा लाग्न पुग्यो । उनले अहिलेसम्म जारी विश्वकपमा छ गोल पुरा गर्दैगर्दा फ्रान्स युवा स्टार एम्बाप्पेले लगातार «तीन गोल गर्दै जारी विश्वकपमा पहिलो ह्याट्रिक समेत गरे गोल्डेन बुट उनैले पाए ।

निर्धारित ९० मिनेटसम्मको फाइलन खेल दुवै टिमबाट २–२ गोलको बराबरीमा रोकियो । ;खेल अतिरिक्त समयमा धकेलिएको खेलमा पुनः दुवै टिमले १÷१ गोल गर्दै ३–३ को बराबरी हुन पुग्यो । खेलकोे ११० मिनेटमा अर्जेन्टिनाका लागि कप्तान मेस्सीले गोल गर्दै ३–२ को अग्रता बनाएका थिए । तर त्यसको खेल सकिन ५ मिनेट बाँकी हुँदा पुन फ्रान्सका लागि एम्बाप्पेले पेनाल्टीमार्फत् गोल गर्दै कतार विश्वकपमा उनले मात्रै ह्याट्रिक गरे । अत्यन्त प्रतिस्पर्धात्मक बनेको फाइनल अन्तत पेनाल्टी सुटआउटमा पुग्दा अर्जेन्टिनाले बाजी मार्र्यो ।

कतार विश्वकप २०२२ मा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्वकप ट्रफी चुम्दा गोलकिपर हिरो सावित भए । मेस्सीको विश्वकप जित्ने सपनालाई गोलकिपरले पुरा गरिदिए । मेस्सीले आफ्नो खेल जीवनमा हरेक उपाधि चुम्न सफल भए । विश्वकप चुम्ने उनको सपना कतारमा आएर पुरा भयो ।