फाइल तस्वीर


काठमाडौं — साताको पहिलो दिन बजार खुल्दा सुनचाँदीको मूल्यमा वृद्धि भएको पाइएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि भएको हो ।

आज छापावाल सुन तोलाको एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । अघिल्लो साताको अन्तिम दिन शुक्रबार ९९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजाबी सुनको मूल्यमा पनि वृद्धि भएको छ । तेजाबी सुन तोलाको एक लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्यमा शुक्रबारभन्दा तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा भएको छ । शुक्रबार चाँदीको मुल्य प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भएको महासङघले जनाएको छ ।