फाइल तस्वीर
दोहा – फिफा विश्वकप फुटबलको कतारमा जारी २२ औं संस्करण भोलि सकिंदै छ । भोलि हुने फाइनल खेल पछि विश्वकप फुटबलको २२ औं संस्करण अन्त्य हुने भएको हो ।

फिफा विश्वकप फुटबलमा भोलि डिफेन्डिङ च्यापियन फ्रान्स र छैटौं पटक फाइनलमा प्रवेश गरेको अर्जेन्टिनाबीच हुनेछ । क्रोएसिया २१ औं संस्करणको उपविजेता टिम हो भने मोरक्को सेमिफाइलनसम्म पुगेको पहिलो अफ्रिकी मुलुक हो । तेस्रो स्थानको लागि आज शनिबार नेपाली समय अनुसार पौने ९ बजे क्रोएसिया र मोरक्कोबीच खेल हुँदैछ ।

क्रोएसिया अर्जेन्टिनासँग ३–० गोल अन्तरले पराजित भएको थियो भने मोरक्को फ्रान्ससँग २–० गोलले हारेको थियो । सेमीफाइनलमा पराजित यी दुवै टिमबीच आज तेस्रो स्थानको जित निकाल्न मैदानमा उत्रिने छन् ।

विश्वकप ट्रफीका लागि भोलि आइतबार नेपाली समयअनुसार पौनै ९ बजे फ्रान्स र अर्जेन्टिनाबीच खेल हुँदैछ । फ्रान्स लगातार दोस्रो पटक विश्वकप जितेर नयाँ इतिहास थप्न चाहन्छ भने अर्जेन्टिना पनि डिफेन्डिङ च्यापियन फ्रान्सलाई हराउँदै तेस्रो पटक विश्वकप फुटबलके उपाधि जित्ने होडमा छ ।