साङ्केतिक तस्वीर


टेक्सास – अमेरिकाको टेक्सास राज्यमा शक्तिसाली भूकम्प गएको खबर छ । टेक्सासबाट करिब २२ किलोमिटर उत्तर पश्चिममा झण्डै आठ किलोमिटर गहिराइमा उक्त भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

सो स्थानमा ५ दशमलव ७ म्यग्निच्युडको भूकम्प गएको समाचारमा जनाइएको छ । स्थानीय समयअनुसार शुक्रबार साँझ ५ः३५ बजे भूकम्प गएरको त्यसको लगत्तै परकम्पन गएको बताइएको छ ् ।

अमेरिकी टेक्सास राज्यको इतिहासमा यति शक्तिशाली भूकम्प गएको चौंथो पटक हो । ‘टेक्सास राज्यको इतिहासमा यो चौंथो शक्तिशाली भूकम्प हुनेछ’, राष्ट्रिय मौसम सेवाको मिडल्याण्ड कार्यालयले ट्वीट गर्दै यस्तो उल्लेख गरेको छ । सो भूकम्पबाट त्यहाँ के कति क्षति भयो भन्ने बारे क्षतिको विवरण सार्वजनिक भएको छैन ।