फाइल तस्वीर


काठमाडौं – सरकारी स्वामित्वमा रहेको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनसँग पेट्रोलियम पदार्थ गरिद गर्दै आएको निगमले लामो समयपछि यसरी मूल्य घटाएको हो ।

गएरातिबाट लागूहुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविक मूल्यमा प्रतिलिटर तीन÷तीन रुपैयाँ घटाएको जनाएको छ । अब निगमको तोकेको नयाँ मूल्य अनुसार पेट्रोलको १७८ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १७५ रुपैयाँ पर्नेछ ।

यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ रहेको थियो । तर खाना पकाउने एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको छ ।

भारतीय आयल कर्पोरेसनले इन्धनको मूल्य घटाएर पठाएसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको छ ।