साङ्केतिक तस्वीर
बिहार – भारतमा विषालु रक्सी खाँदा ४३ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमले जनाए अनुसार मदिरा निषेधित बिहारको सारण जिल्लामा विषालु रक्सी सेवनबाट दुई दिनमा ४३ जनाको मृत्यु भएको हो ।

मसरक सहरभन्दा तीन किलोमिटर वरिपरिको क्षेत्रमा एकै दिन यत्ति ठूलो जोखिम देखिएको हो। मसरक शहर आसपासमा घटना घटेकाले रक्सीको उत्पादन एकै स्थानबाट भएको अनुमान गरिएको छ ।

विषाक्त मदिरा सेवनबाट बिरामी परेकाहरुको बिहार राज्यको छपराकै स्थानीय अस्पताल र पटनामा उपचार भइरहेकोे भारतीय सञ्चार माध्यमले जनाएको छ । ज्यान गुमाउनेहरुको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको पनि बताइएको छ ।

स्थानीय अधिकारीहरुले बताए अनुसार बिरामी भएकाहरुमध्ये केहीलाई आँखा देख्न बन्द भएको र केहीलाई बान्ता भइरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उक्त घटना सार्वजनिक भएसँगै छपराका केही प्रहरी अधिकारीहरुलाई निलम्बन गरिएको छ ।

बिहार सरकारले राज्यमा मदिरामा प्रतिबन्ध लगाएको भएता पनि केही मानिसहरु लुकीछिपी मदिरा सेवन गर्ने गर्छन् । यद्यपी, भारतीय सुरक्षा निकायले रक्सी उत्पादन र बिक्री वितरणमा सहभागी भएको आरोपमा १ सय २६ जनालाई पक्राउ गरेको छ । एजेन्सी