काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरी २ सय १९ जनाको पीसीआर विधिबाट तथा ५ सय ११ जनाको एन्टिजेन विधिबाट स्वाव परीक्षण गर्दा४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन भने ४ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर १५ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।