प्रतिकात्मक तस्वीर

काठमाडौं– साताको पाँचौं दिन आज बिहिबार पनि सेयर बजार ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १४ दशमलव ४८ अङ्कले ओरालो लागेर १८८२ दशमलव ६० विन्दुमा आएर रोकिएको हो । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव १५ अङ्क घटेर ३६८ दशमलव ०४ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २१० कम्पनीको कारोबार हुँदा २८ कम्पनीमा वृद्धि भएको र १६७ कम्पनीमा ओरालो लागेसँगै १५ कम्पनी स्थिर रहेका छन् । यस्तै, कुल २५४ कम्पनीको कारोबारमा ४८ लाख चार हजार ८७६ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १९ करोड २६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

कारोबारको आधारमा एनसीसी बैंक शीर्ष स्थानमा छ । एनसीसी बैंकको २२ करोड ८९ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा शिभम् सिमेन्ट बैंक र तेस्रोमा सिवाइसियलको कारोबार भएको छ । यता, रुरु जलविद्युत परियोजना र इस्टर्न हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशत बढेर सबै उपसूचकहरु राताम्मै भएका छन् ।