काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन तोलामा १ लाख १ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बिहीबार ७ सय रुपैयाँले घटेर १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

यस्तै तेजाबी सुन तोलामा ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेकोे छ । त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर तोलामा १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।