फाइल तस्वीर
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी विराटनगर जानुहुने भएको छ । विराटनगरमा आयोजना हुन लागेको ‘विराट एक्स्पो’ को कार्यक्रम उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज बिहीबार दिउँसो १ बजे विराटनगर जान लाग्नुभएको हो ।

एक हप्तासम्म सञ्चालन हुने ‘विराट एक्स्पो’ मा नयाँ प्रविधिको प्रयोगको बारेमा जानकारी हुने आयोजकले बताएका छन् । यस पटकको एक्स्पो विगतको भन्दा पृथक र भव्य हुने बताइएको छ ।

विराटनगरस्थित स्नातकोत्तर क्याम्पसको प्राङ्गणमा हुने ‘विराट एक्स्पो’ कृषि, पर्यटन, उद्योग, व्यवसायलगायत विभिन्न क्षेत्रमा काम गर्न इच्छुकहरुका लागि ज्ञानवर्धक र उपयोगी हुने आयोजकले दावी गरेका छन् । उक्त एक्स्पोमा दर्शकहरुलाई आकर्षित गर्न साङ्गीतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।