प्रतिकात्मक तस्वीर

काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधबार सेयर बजार ओरालो लागेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २ दशमलव ६२ अङ्कले ओरालो लागेर १८९७ दशमलव ०८ विन्दुमा आएर रोकिएको छ ।

आज बुधबार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव १२ अङ्कले घटेर ३७० दशमलव १७ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २०६ कम्पनीको कारोबार हुँदा ८१ कम्पनीमम वृद्धि भएको र १०८ कम्पनीमा ओरालो लागेसँगै १७ कम्पनी स्थिर छ ।

कुल २४६ कम्पनीको कारोबारमा २० लाख ८७ हजार ८७६ कित्ता सेयर खरिद बिक्री हुँदा ७२ करोड ७८ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । कारोबारको आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । यसको ५ करोड ३९ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा कृषि विकास बैंक र तेस्रोमा नविल बैंकको कारोबार भएको छ । यता, सिवाइसियलको र इस्टर्न हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशत बढेको छ । बुधबारको कारोबारमा १३ वटा उपसूचकमध्ये ५ उपसूचकबाहेक सबै उपसूचकमा ओरालो लागेको छ ।