काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधबार नेपाली बजारमा सुन,चाँदीको मूल्य बढेको छ । हिजो प्रतितोला दुई सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

त्यसैगरी, आज बुधबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।