झापा – झापाको दमक नगरपालिका–९ बाट प्रहरीले एक जना महिलालाई ब्राउनसुगर जस्तो देखिने शङ्कास्पद लिसाइलो पदार्थसहित नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ४५ वर्षीय तुलमाया तामाङलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ ५ ग्रामसहित हिजो साँझ नियन्त्रणमा लिएको हो ।
सो सम्बन्धि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।