काठमाडौं – कतार जारी विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्को भिड्दै छन् । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राति १२ः४५ बजे अल बायत स्टेडियममा साविक विजेता फ्रान्स र मोरोक्कोबीच प्रतिस्पर्धा हुँदैछ । अफ्रिकी देश मोरोक्को र फ्रान्सबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

दोस्रो सेमिफाइनलको विजेताले पहिलो सेमिफाइनलको विजेता अर्जेन्टिनासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । साविक विजेता फ्रान्स र मोरक्को दुवै जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् । गएराति भएको पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गर्दै फाइनल यात्रा तय गरिसकेको छ ।