काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकहरूले तोकिएको क्षेत्रमा निश्चित प्रतिशत कर्जा लगानी गर्नैपर्ने व्यवस्था गरेको छ । कृषि, साना तथा मझौला व्यवसाय, ऊर्जाजस्ता क्षेत्र नै छुट्याएर राष्ट्र बैंकले बैंकहरुलाई निश्चित लगानी गर्नुपर्ने व्यवस्था गरिदिएको हो ।

तोकिएका केही क्षेत्रमा बैंकहरूले लगानी गरेता पनि मापदण्डअनुसार भने अझै नभएको देखिएको छ । बैंकहरूले प्राथमिक क्षेत्रमा गर्नुपर्ने अनिवार्य लगानी व्यवस्थाअनुसार कृषि क्षेत्रमा २०८२ असार मसान्तसम्म १५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्छ । यसअघि २०८० असार मसान्तसम्म १५ प्रतिशत पुर्याउनुपर्ने अवधि तोकिएको थियो ।
त्यस्तै जलविद्युत् क्षेत्रमा २०८२ असार मसान्तसम्म १० प्रतिशत कर्जा प्रवाह गर्नुपर्छ । यसअघि २०८१ को असार मसान्तमै यो लक्ष्य पूरा गर्नुपर्ने व्यवस्था गरिएको थियो। गत वर्ष यो व्यवस्थालाई समेत संशोधन गरिएको थियो ।

त्यसलाई गत वर्ष संशोधन गरी केन्द्रीय बैंकले १ करोडभन्दा कम रकमका घरेलु, साना तथा मझौला उद्यममा १५ प्रतिशत कर्जा पुर्याउने नीति लिएको छ । तर यसअनुसार तोकिएका क्षेत्रमा बैंकको लगानी धेरै कम देखिएको छ ।

तोकिएको प्राथमिकताअनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा प्राथमिकताका क्षेत्रमा ४० प्रतिशत लगानी गर्नुपर्छ । तर अधिकांश बैंक तथा वित्तीय संस्थाको लगानी तोकिएभन्दा कम देखिएको छ । उक्त मापदण्ड पूरा गर्न अझै केही समय बाँकी रहे पनि चालू आर्थिक वर्षको त्रैमासिक विवरणअनुसार तोकिएको क्षेत्रमा मापदण्डअनुसार कर्जा प्रवाह नभएको देखिन्छ ।

कुन बैंकको कर्जा लगानी कति ?

चालू आर्थिक वर्षको तीन महिनाको विवरणअनुसार नेपाल बैंकले कृषि क्षेत्रमा १२ दशमलव ०५ प्रतिशत, साना र मझौला व्यवसायमा १९ दशमलव ४९ प्रतिशत र जलविद्युतमा ६ दशमलव १९ प्रतिशत लगानी गरेको छ ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकले कृषि क्षेत्रमा १२ प्रतिशत, जलविद्युतमा ६ दशमलव ५६ प्रतिशत र साना मझौला व्यवसायमा १८ दशमलव १४ प्रतिशत कर्जा प्रवाह गर्ने भएको छ ।

यसैगरी कृषि विकास बैंकको कृषिमा ३० दशमलव ०९ प्रतिशत, जलविद्युतमा ४ दशमलव ७० प्रतिशत र साना व्यवसायमा २३ दशमलव ९४ प्रतिशत रहेको छ ।

नबिल बैंकले कृषिमा ११ दशमलव २९ प्रतिशत, जलविद्युतमा ५ दशमलव ९३, साना मझौलामा २२ दशमलव १८ प्रतिशत कर्जा प्रवाह गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकले कृषिमा १० दशमलव ३० प्रतिशत जलविद्युतमा ८ दशमलव ४७ प्रतिशत र साना मझौला व्यवसायमा ३ दशमलव ६६ प्रतिशत कर्जा प्रवाह गरेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले कृषिमा १० दशमलव ६१ प्रतिशत, जलविद्युतमा ६ दशमलव २९ र साना मझौला व्यवसायमा १ दशमलव ९३ प्रतिशत कर्जा प्रवाह गरेको छ ।

हिमालयन बैंकले कृषिमा १८ दशमलव ७९ प्रतिशत जलविद्युतमा २ दशमलव ६१ प्रतिशत र साना मझौला व्यवसायमा १ दशमलव ५२ प्रतिशत प्रवाह गरेको छ ।

नेपाल एसबीआई बैंकको कृषिमा १३ दशमलव ०४ प्रतिशत, जलविद्युतमा ६ दशमलव ११ प्रतिशत र साना मझौला व्यवसायमा ६ दशमलव ७६ प्रतिशत प्रवाह भएको छ ।

एभरेष्ट बैंकले कृषि क्षेत्रमा ९ दशमलव ८० प्रतिशत, जलविद्युतमा ६ दशमलव ०३ प्रतिशत र साना मझौला व्यवसायमा ७ दशमलव ७१ प्रतिशत कर्जा प्रवाह भएको छ ।

बैंक आफ काठमाण्डुले कृषिमा ९ दशमलव ४० प्रतिशत, जलविद्युतमा ५ दशमलव ४३ प्रतिशत र साना मझौला व्यवसायमा ८ दशमलव ३७ प्रतिशत कर्जा लगानी गरेको छ ।

यता एनसीसी बैंकबाट कृषिमा १३ प्रतिशत जलविद्युतमा ३ दशमलव १५ प्रतिशत र साना मझौला व्यवसायमा १० दशमलव ०८ प्रतिशत प्रवाह भएको छ भने एनआईसी एसिया बैंकले कृषिमा ११ दशमलव ०८ प्रतिशत, जलविद्युतमा १ दशमलव ४० प्रतिशत र साना मझौला व्यवसायमा ११ दशमलव १४ प्रतिशत प्रवाह गरेको छ ।

माछापुच्छ्रे बैंकले कृषिमा १० दशमलव ७६ प्रतिशत, जलविद्युतमा ५ दशमलव २७ प्रतिशत र साना तथा मझौला व्यवसायमा ८ दशमलव ९२ प्रतिशत कर्जा प्रवाह गरेको छ ।

त्यस्तै कुमारी बैंकले कृषिमा ९ दशमलव ९२ प्रतिशत, जलविद्युतमा ६ दशमलव १६ प्रतिशत र साना तथा मझौला व्यवसायमा १० दशमलव ०२ प्रतिशत कर्जा प्रवाह गरेको छ।

लक्ष्मी बैंकबाट कृषिमा ९ दशमलव ९७ प्रतिशत, जलविद्युतमा ५ दशमलव ६५ प्रतिशत र साना तथा मझौला व्यवसायमा ५ दशमलव ८१ प्रतिशत कर्जा प्रवाह भएको छ।

सिद्धार्थ बैंकले कृषिमा ११ दशमलव, जलविद्युतमा ५ दशमलव ५९ प्रतिशत र साना तथा मझौला व्यवसायमा ८ प्रतिशत कर्जा प्रवाह गर्दा ग्लोबल आईएमई बैंकले कृषिमा १० दशमलव ५७ प्रतिशत, जलविद्युतमा ६ दशमलव ६४ प्रतिशत र साना तथा मझौला व्यवसायमा ८ दशमलव ८२ प्रतिशत कर्जा प्रवाह गरेको छ।

सिटिजन्स बैंकले कृषि क्षेत्रमा १२ दशमलव २७ प्रतिशत, जलविद्युतमा ६ दशमलव ४८ प्रतिशत र साना मझौला व्यवसायमा ११ दशमलव ४६ प्रतिशत कर्जा प्रवाह गरेको छ ।

प्राइम बैंक लिमिटेडले कृषिमा १० दशमलव ८१ प्रतिशत, जलविद्युतमा ५ दशमलव ८५ प्रतिशत र साना तथा मझौला व्यवसायमा ८ दशमलव ११ प्रतिशत कर्जा प्रवाह गर्दा सनराइज बैंकबाट कृषि क्षेत्रमा १२ दशमलव ४८ प्रतिशत, जलविद्युत क्षेत्रमा ७ दशमलव ६३ प्रतिशत र साना तथा मझौला व्यवसायमा ११ दशमलव ३० प्रतिशत कर्जा प्रवाह भएको छ ।

एनएमबी बैंकबाट १२ दशमलव १० प्रतिशत, जलविद्युत क्षेत्रमा ८ दशमलव ३२ प्रतिशत र साना तथा मझौला व्यवसायमा ११ दशमलव ०२ प्रतिशत कर्जा प्रवाह भएको छ ।

त्यस्तै, प्रभु बैंकले कृषिमा ११ दशमलव ४८ प्रतिशत, जलविद्युतमा ५ दशमलव २२ प्रतिशत र साना तथा मझौला व्यवसायमा ४ दशमलव ४८ प्रतिशत कर्जा प्रवाह गरेको छ।

मेगा बैंकले कृषि क्षेत्रमा १२ दशमलव २१ प्रतिशत जलविद्युतमा ५ दशमलव ०६ प्रतिशत र साना तथा मझौला व्यवसायमा १० दशमलव ६६ प्रतिशत कर्जा प्रवाह गरेको छ ।

सिभिल बैंकबाट कृषि क्षेत्रमा ११ दशमलव ३२ प्रतिशत, जलविद्युत क्षेत्रमा ६ दशमलव ३२ प्रतिशत र साना तथा मझौला व्यवसायमा ८ दशमलव २० प्रतिशत कर्जा प्रवह भएको छ भने सेन्चुरी बैंकले कृषि क्षेत्रमा ९ दशमलव ८४ प्रतिशत, जलविद्युत क्षेत्रमा ७ दशमलव ३७ प्रतिशत र साना तथा मझौला व्यवसायमा ६ दशमलव ४१ प्रतिशत कर्जा प्रवाह गरेको छ ।

सानिमा बैंकले कृषिमा १२ दशमलव ८५ प्रतिशत, जलविद्युत क्षेत्रमा १० दशमलव ०६ प्रतिशत र साना तथा मझौला व्यवसायमा ६ दशमलव ७२ प्रतिशत कर्जा प्रवाह गरेको छ ।