काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य घटेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँले घटेर एक लाख रुपैयाँमा कारोबार भएको हो ।

यस्तै आज तेजावी सुन प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदी तोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।