एजेन्सी – अष्ट्रेलियाको क्विन्सल्याण्डमा भएको गोलीकाण्डमा ६ जनाको मृत्यु भएको छ । ब्रिस्बेनबाट २७० किलोमिटर टाढा रहेको ग्रामीण क्षेत्रमा भएको सो घटनामा सर्वसाधारणसहित दुई प्रहरी अधिकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

एउटा घरमा हराएका व्यक्तिको खोजी गर्न प्रहरी अधिकारीहरु त्यहाँ पुग्दा उनीहरुमाथि आपराधिक समूहले गोली प्रहार गरेका थिए । सो क्रममा तीनजना बन्दुकधारीहरूको पनि प्रहरीको गोली लागि ज्यान गएको बताइएको छ । घटनाको कारण भने अझै खुल्न सकेको छैन ।

घाइते भएका दुई प्रहरीको भने अस्पतालमा उपचार भइरहेको छ । अष्ट्रेलियन प्रधानमन्त्री एन्थोनी अल्बानिजले अष्ट्रेलियाका लागि यो हृदयविदारक घटना भएको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।