काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार सेयर बजारमा १ अर्ब ३६ करोडको सेयर खरिदबिक्री भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १६ दशमलव ९७ अङ्कले बढेको हो ।

योसँगै आज १५८ कम्पनीको सेयर बढेको, ४१ वटाको घटेको र ७ वटाको उही मूल्यमा कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार २२ हजार ९९३ पटकको खरिदबिक्रीमा ४४ लाख ७० हजार कित्ता सेयर बिक्री भएको हो ।

आज दुई कम्पनीको १० प्रतिशतले सेयर मूल्य बढे पनि लगानीकर्ताले ९.९३ प्रतिशतसम्म गुमाएका छन्। आज नबिल बैंकको २१ करोडको सेयर कारोबार भएको छ। यो नै आजको सर्वाधिक कारोबार हो।