प्रतिकात्मक तस्वीर
टोकियो – रोमको एक क्याफेमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा इटालीकी नयाँ प्रधानमन्त्रीकी साथीसहित तीन महिलाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । स्थानीयबासीको एउटा समितिको बैठकमा गोली चलेको थियो ।

रोमका मेयर रोबर्टो ग्वाल्टेरीले गोलीबारीलाई ‘हिंसाको गम्भीर घटना’ भन्दै सोमबार आपतकालीन बैठकमा भाग लिने बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । ५७ वर्षीय एक संदिग्ध हिरासतमा छन् । समाचार माध्यमले जनाए अनुसार समितिका केही सदस्यसँग उनको विवादको इतिहास छ ।

बन्दुकधारीले आफ्नो पेस्तोल प्रयोग गर्नु अघि “म तिमीहरु सबैलाई मार्नेछु’ भनेर चिच्याएका थिए । घाइतेमध्ये दुई महिला र दुई पुरुष रहेको अनुमान गरिएको छ ।े एकको अवस्था गम्भीर छ ।

प्रधानमन्त्री जर्जिया मेलोनीले मारिएका एक महिलालाई आफ्नी साथी निकोलेटा गोलिसानो भएको बताएकी छन् भने अन्य मृतक महिलाको नाम एलिसाबेटा सिलेन्जी र सबिना स्पेरन्डियो रहेको छ ।

एक फेसबुक पोस्टमा प्रधानमन्त्री मेलोनीले गोलिसानोको परिवारलाई समवेदना व्यक्त गरेकी छन् । आफ्नो साथी ‘सुन्दर र खुशी’ भएकोमा सधैं सम्झने उनले बताएकी छन् ।